समाचार

सरकार गम्भिर नभएकै हो त ! ठोस सहमति कहिले ? डा. गोविन्द केसी १६ औं दिन अनशनमै !

काठमाण्डौ । चकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी अनसनमा बसेको आज १६ औं दिन भइ सक्यो । तर अझे पनि मागका समबन्धका सरकार र डा. केसी पक्षबीच ठोस सहमति हुन नसक्दा डा. केसीको स्वासथय अवस्था कमजोर बन्दै गएको छ ।

विभिन्न चरणमा पटक–पटक वार्ता भए पनि सरकारी पक्षले माग पुरा गर्न आलटाल गरिरहेको छ । सरकारी पक्षले डा. केसीका प्रतिनिधिसंग आजपनि वार्ता गर्ने बताएको छ । सरकारी वार्ता टोलीका संयोजक र शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले पूर्व तयारी भइरहेकाले आज बेलुकासम्म वार्तामा बोलाउने बताएका छन् ।

चिकित्सा शिक्षा ऐन संशोधनको क्षेत्राधिकार आफूहरुलाई नभएको भन्दै यस विषयमा सम्बन्धित पक्षबीच निकासको तयारी स्वरुप छलफल भइरहेको उनको भनाइ छ । माथेमा आयोगको सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका माग गर्दै डा. गोविन्द केसी ११ औं पटक अनसन बसेका हुन् । ६० बर्षीय डा. केसीको स्वास्थ्य अवस्था निकै नै कमजोर बनेको निगरानी गरिरहेका चिकित्सकले बताएका छन् ।