समाचार

सोमबार कै दिन फेला पर्यो कालीगण्डकी नदीको किनारमा शिवलिंग

पाल्पा, २४ साउन । कालीगण्डकी नदीको किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने क्रममा शिवलिंग फेला परेको हो ।

सो शिवलिंगलाई यहाँका स्थानीयवासीले पूजाआजा गरी विधिवत्रुपमा मन्दिरमा भित्र्याएका छन् । कालीनदीको गैरीघाटमा रुद्रीपूजा गरेर रानीवासको सिद्धेश्वर मन्दिरमा सोमबार भित्र्याइएको स्थानीयवासी हरिप्रसाद खनालले जानकारी दिए ।

अहिले सो शिवलिंग हेर्न र पूजाआजा गर्न आउनेको मन्दिरमा भीड लागेको छ ।