सूचना प्रविधि

मौसमसम्बन्धी सुचना लिन रेडियोसोन्ड जडान गरिएको बेलुन उडाइँदै !

काठमाडौं । यथार्थ मौसमी सूचना अद्यावधिक गर्दै सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ । वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो ।

विशेष प्रकारको उपकरण रेडियोसोन्ड जडान गरिएको बेलुनले आगामी ३ महिनापछि वायुमण्डलबाट मौसमी गतिविधि नियाल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरको रेडियोसोन्ड स्टेशनबाट उडाइने बुलुनले अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरुले जनाएका छन् ।