अन्तर्राष्ट्रिय

निरन्तर आणविक हतियारको परीक्षण गर्नुको भित्री रहस्यबारे बोल्यो उत्तरकोरिया !

एजेन्सी । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्समा रहेका उत्तर कोरियाली विदेशमन्त्री रि होङ योले सोमबार उत्तर कोरिया एउटा ‘जिम्मेवार आणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीविएम)’ ले सुसज्जित मुलुक भएको दावी गरे ।

“अमेरिकासँग कुनै मुलुकले उत्तर कोरियाविरुद्ध मिलेर हतियार नचलाउँदासम्म आफ्नो आणविक हतियार अमेरिकाबाहेक अन्य मुलुकविरुद्ध प्रयोग गर्ने हाम्रो मनसाय छैन,” रि ले क्षेत्रीय भेलास्थल फिलिपिन्सबाटै एक विज्ञप्ति जारी गरी बताए ।

अमेरिकाले कोरियाली प्रायद्धीपको विवादलाई संयुक्त राष्ट्रसङघको ‘दुरुपयोग’ गरी उत्तर कोरियाली आणविक हतियार ‘विश्वलाई खतरा’ भएको भनी अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको भन्दै उनले अमेरिकाको कडा आलोचना गरे ।

विदेशमन्त्री रिले कोरियाली प्रायद्धीपको आणविक बिषयलाई सिर्जना गर्ने र अहिलेको अवस्थामा ल्याउने काम अमेरिकाको नै भएको बताए ।