समाचार

उपसचिव र शाखा अधिकृतहरुद्वारा सामुहिक राजीनामाको धम्की

काठमाण्डौ । शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् ।

मंगलबारका पत्रकापत्रिकाहरुमा लेखिएको छ, उनीहरुले शिक्षा मन्त्रालयले करिब एक महिनाअघि ७५ वटा स्थानीय तहमा व्यवस्थापन गर्न गएका उपसचिवहरुलाई अर्को निर्णय नभएसम्म हाजिर नहुन पनि आग्रह गरेका छन् ।