समाचार

पूर्वप्रधानमन्त्री डा भट्टराईको शल्यक्रिया सफल, स्वास्थ्यमा सुधार

भक्तपुर, २३ साउन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधार भएको छ ।

भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको र उनको स्वास्थ्य अवस्था सुधार आएको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।
अस्पतालमै उनको उपचार भइरहेको र केही दिनमा घर पठाइने उनले बताए ।