अन्तर्राष्ट्रिय

भेनेजुयलाका राष्ट्रपतिले गरे कडा उद्घोष

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले आइतबार भलेन्सिया नगरको सेनाको अखडामा गरिएको आक्रमणपछि पक्राउ गरिएका संदिग्ध व्यक्तिहरुमाथि कडा कारबाही गर्नु पर्ने बताएका छन्।

मडुरोका अनुसार सो आक्रमणमा संलग्न एकजना पूर्व सैनिक अधिकारी हुन भने बाँकी गैरसैनिक थिए। उनले ती गैरसैनिक व्यक्ति भाडाका सिपाही भएको बताए।

आक्रमणमा संलग्न एक व्यक्ति घाइते भएका छन्। दुई जना आक्रमणका बेला मारिएका थिए। हतियारधारी अर्को समूह भने आक्रमण लगत्तै भाग्न सफल भएको थियो। सो अक्रमण लगत्तै राष्ट्रपति मडुरोको उक्त अभिव्यक्ति आएको हो ।