खेलकुद

आदित्य शेर्पाले राखे नेपालको इज्जत

काठमाण्डौ । अन्तर्राष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा नेपालका आदित्य शेर्पाले स्वर्ण पदक जितेका छन् । भारतको गुजरातमा भैरहेको अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा शेर्पाले स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा नेपाल र भारतका ४ राज्यका खेलाडी सहभागी रहेका थिए । सो प्रतियोगिताको पुरुष ६६ केजीमा आदित्यले भारतका जोन मकवानलाई इम्पोनमा पराजित गर्दै स्वर्ण जितेका थिए ।

प्रतियोगितामा नेपालका मनोज भट्ट र प्रकाश पाण्डेले पनि रजत दिलाएका छन् । पाण्डेले ६० केजीमा र भट्टले ७३ केजीमा रजत दिलाएको जनाइएको छ ।  शनिबारदेखि सुरु भएको प्रतियोगिता सोमबारसम्म चल्ने जनाइएको छ ।