पु.समाचार

रसुवामा पहिरोमा परेर ४ जना बेपत्ता, ४ जनाको घाइते अवस्थामा उद्धार

रसुवा । आइतबार राती रसुवाको उत्तरगया गाउँपालिकामा पहिरोमा परेर ४ जना वेपत्ता भएका छन् । उत्तरगया गाउँपालिका वडा नम्बर ४ मा गएको सो पहिरोमा परे ४ घर पुरिएका छन् । घटनामा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ ।

पहिरोमा परेर बेपत्ता हुनेहरुमा एकै घरपरिवारका ४ जना रहेको जनाइएको छ । बेपता हुनेहरुमा स्थानीय धर्मबहादुर थापा (७५), उनकी बुहारी मुना थापामगर(३५), चार वर्षीया नातिनी र भक्तबहादुर नगरकोटी (७८) रहेका छन् ।

राती ११ बजे पहिरो गएलगत्तै स्थानीय श्रीनाथ गणबाट गएको नेपाली सेना र प्रहरीको संयुक्त सुरक्षा बलले घाइतेहरु उद्धार गरेको बताइएको छ । अहिले बेपत्ताहरुको खोजविन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।