आर्थिक

एन आइ सि एसिया बैंकको अनलाइन आस्वा सेवा शुरु

काठमाण्डौ, २२ साउन । एन आइ सि एशिया बैंक लिमिटेडले आजदेखि अनलाइन आस्वा सेवा शुरु गरेको छ ।

सो बैंकले २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरुबाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेकोमा बैंकको २० औं वार्षिकोत्सवको अवसरमा आस्वा अनलाइन सेवा शुरु गरेको हो । अब एन आइसिका ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि विना कुनै शुल्क सहज रुपमा अनलाइन आस्वा सेवा मार्फत IPO, FPO तथा Mutual Funds मा आवेदन दिन सकनेछन् ।

साथै बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।