समाचार

कालिकोटमा डोजर दुर्घटना, २ जनाको मृत्यु

कालिकोट, २२ साउन । कालिकोटमा डोजर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिका– ५ बिहानी खोलामा सडक विभागको जेसीबी डोजर दुर्घटना हुँदा दैलेखका डोजर चालक र अर्का स्थानीय खाडाचक्र ६ दाहाका ६५ वर्षीय विष्णबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकको शव डोजर र ढुंगाले थिचेका कारण निकाल्न र सनाखत गर्न नसकिएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मान्म लगिएको छ ।

डोजर उकालो चढ्ने क्रममा पल्टिँदा सडकबाट करिब सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।