अन्तर्राष्ट्रिय

१ लाख ४० हजारले ज्यान गुमाएका हिरोसिमा बम प्रहार घटनाको ७२ बर्ष

एजेन्सी । अमेरिकाले आणविक बम प्रहार गरेर जापानको हिरोसिमा शहर ध्वस्त पारेको ७२ वर्ष पुगेको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले हिरोसिमामा आणविक बम प्रहार गरेको थियो ।

सो बम प्रहारबाट हिरोसिमामा मात्रै १ लाख ४० हजारले ज्यान गुमाएका थिए । यसको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि अर्काे बम प्रहार गरेको थियो ।

सोही घटनाको सम्झनामा जापानले हरेक वर्ष अगष्ट ६ लाई कालो दिनको रुपमा स्मरण गर्ने गरेको छ । जापानका मृत्यु भएकाहरुको सम्झनामा आज दियो बालेर श्रद्धाञ्जली दिनेसमेत गरिन्छ । यसै अवसरमा विश्वका कयौं राष्ट्रका प्रतिनिधी जापान पुग्ने गरेका छन् ।