प्रवास

निर्वाचन आयोगले निश्पक्ष काम गर्न नसकेको अमेरिकी एनआएनको आपत्ति

एजेन्सी । आगामी हुन लागेको गैह्र आवासिय नेपाली संघको निर्वाचनमा उमेद्वारीलगायतका विषयमा विधान विपरित कार्य भइरहेको भन्दै एन.आर.एन.एन.सी.सी. अमेरिकी च्याप्टरहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

अमेरिकाको निर्वाचन सम्वन्धि हालका दिनमा गैह्र आवासिय नेपाली संघ अन्तरास्ट्रिय सम्मन्वय परिषद न्यायीक समिती अमेरिका, निर्बाचन समिति अमेरिकाको फरक फरक निर्णय देखिएको र एक अर्काको निर्णय नमान्नेलगायतका समस्या भएको भन्दै त्यसप्रति अमेरिकी च्याप्टरहरुले गम्भिर आपत्ति जनाएका हुन् । गैह्र आवासिय नेपाली संघको निर्वाचनका लागि अमेरिकावासी नेपालीले दिएको उमेद्वारी नियोजित रुपमा हटाइएको भन्दै निर्वाचन आयागले पनि निष्पक्ष रुपमा काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

यस परिस्थितीमा सबै अमेरिकीवासी नेपाली एक हुन र यो निर्वाचनमा अमेरिकामा रहेका नेपालीलाई सघाउन नेपालमा रहेका सबै नेपालीप्रति पनि उसले अपिल गरेको छ । साथै गैह्र आवासिय नेपाली संघ र निर्वाचन आयोगले आफ्नो कमजोरी सच्याउन पनि स्टेट च्याप्टरले जोडदार माग गरेका छन् ।