अन्तर्राष्ट्रिय

उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन राष्ट्र संघीय सुरक्षा परिषद सहमत

एजेन्सी । उत्तर कोरियामाथि थप नयाँ प्रतिबन्ध लगाउन राष्ट्र संघीय सुरक्षा परिषद सहमत भएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद मिसाइल परीक्षण गरेको भन्दै परिषदले उत्तरको निर्यात र देशमा निवेश सिमित बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निकी हेलीले यो सबै भन्दा कडा प्रतिबन्ध रहेको बताउनु भएको छ । उत्तर कोरियाले गत जुलाईमा दुई अन्तरमहादेशिय ब्यालेष्टिक मिसाइल परीक्षण गरेको थियो । सो मिसाइल परीक्षण गर्दै उसले अमेरिकासम्म मार हान्न सक्ने क्षमताको रहेको दावी गरेको थियो ।

यसै विषयलाई लिएर उत्तरमाथि दक्षिण कोरिया, जापान र अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारी गरेका थिए ।