समाचार

प्रेस क्लबको अध्यक्षमा सावित्री गिरी निर्वाचित

नेपालगञ्ज, २२ साउन । पत्रकार सावित्री गिरीको अध्यक्षतामा आज यहाँ १२ सदस्यीय प्रेस क्लब अफ नेपाल, बाँके (पिसिएन) पुनर्गठन गरिएको छ ।

क्लबका केन्द्रीय अध्यक्ष यमनाथ घिमिरेको उपस्थितिमा भएको भेलाले पुनर्गठन गरेको बाँके शाखा कार्यसमितिको उपाध्यक्षमा दिनेश ठाकुर, सदस्य–सचिवमा कमला हमाल, सदस्यहरूमा कृष्ण वली, भीष्म लोध, निशु जोशी, प्रेम विश्वकर्मा, स्मृति देवकोटा, देवेन्द्रराज पौडेल, भगतराम थारु, पवित्रा परियार र लक्ष्मी गौडेल निर्वाचित भएका छन् ।

क्लब केन्द्रीय समितिका अनुसार पहिलो चरणअन्तर्गत संघीय संरचनाअनुसार प्र्रदेश नं ५ र ७ मा शाखा विस्तार गर्ने कार्यलाई तीव्रता दिइएकोे छ ।