पु.समाचार

लिम्बुवान राज्य परिषदको बन्दका कारण पूर्वका ९ जिल्ला प्रभावित

ताप्लेजुङ । आइतबार राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण पूर्वका आधा दर्जनभन्दा बढी जिल्लाहरुमा प्रभाव परेको छ ।

बन्दका कारण बिहानैदेखि सडकमा यातायातका साधनहरु चलेका छैनन् भने शैक्षिक संस्था, पसल र कलकारखाना पनि बन्द रहेका छन् ।

लिम्बुवान पार्टीले साउन २२ गतेको दिनलाई कालो दिनको रुपमा मनाउने गर्दछ । निकै वर्षअघि साउन २२ गते भएको नुनपानी सन्धिले आत्मनिर्णयका अधिकार खोसिएको भन्दै उक्त दिनलाई लिम्बुवान पार्टीले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

आइतबारको बन्दका कारण पूर्वका इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा, पाँचथर,तेह्रथुम र संखुवासभा र ताप्लेजुङ लगायतका जिल्लाहरु प्रभावित बनेका छन् ।