पु.समाचार

भरतपुर महानगरपालिकामा जित हासिल गरेलगत्तै रेणु दाहालले दिइन् यस्तो प्रतिक्रिया

काठमाण्डौ । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट मेयरमा जित हासिल गरेलगत्तै रेणु दाहालले प्रतिक्रिया दिएकी छन् । उनले आफुलाई मत दिने सम्पूर्ण भरतपुरवासी मतदाता र देश विदेशबाट शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी हुन् ।

भरतपुरमा महानगरपालिकामा विजयी भएलगत्तै आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘आदरणीय सम्पूर्ण महानगरवासी  मतदाता,शुभचिन्तक एवं जनसमुदाय हरूमा नमस्कार  साथै आफ्नो अमुल्य मत दिई विजयी गराउनुहुने सम्पुर्ण लाई र देशरविदेशबाट शुभेच्क्षा प्रकट गर्ने सबैमा हृदयदेखि धन्यवाद दिन चाहन्छु।

यहाँहरूले सधै मलाई यसैगरी नजिक बाट सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै आगामी दिनमा सबै पक्षहरूसँग सहकार्य गरि अगाडी बढ्ने छु । समग्र महानगर विकाशका लागि यहाँहरूको सकारात्मक सुझाव तथा सल्लाहको सदैब अपेक्षा गर्दछु। अमुल्य मतद्वारा विजयी गराउनु भएकोमा पुनः सबैमा हार्दिक आभार ब्यक्त गर्दछु। ’

यस्तो छ उनले लेखेको प्रतिक्रियाः