समाचार

रौतहटमा ४ बालिकाको डुबेर मृत्यु

रौतहट । जिल्लाको गरुडा नगरपालिकामा सडक खन्दा बनेको एउटा खाल्डोको पोखरीमा परेर चार बालबालिकाको मृत्यु भएको छ । शनिबार घरबाटट घाँस काट्न जंगल गएका उनीहरुले सो खाल्डोको पोखरीमा नुहाउँदा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय बालिकाहरु ९ वर्षीया सुनैनाकुमारी साह, ९ वर्षीया सुनिताकुमारी साह, १२ वर्षीया संगीता साह र ९ वर्षीया सुस्मिताकुमारी साह रहेका छन् । उनीहरु गरुडा टोलका योगेन्द्र साह र उनका परिवारसँग जोडिएका दाजुभाईका छोरीहरु हुन् ।

शनिबार छुट्टी भएकोले उनीहरु सबै स्थानीय जंगलमा घाँस काट्न गएको बेला गर्मी भएपछि सो पोखरीमा पौडी खेल्न पसेका थिए । पौडी खेल्न पस्नासाथ उनीहरु बाहिर निस्कन नसक्दा सो दुर्घटना भएको बताइएको छ ।