अन्तर्राष्ट्रिय

तेश्रोपटक विजयी भए रुवान्डाका राष्ट्रपति

एजेन्सी । रुवाण्डाका राष्ट्रपति पल कगामे ठूलो मतले तेस्रो कार्यकालका लागि विजयी भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ।
शुक्रवार आंशिक नतिजाले उनको पोल्टामा ९८ प्रतिशत मत खसेको देखाएको थियो।

सन् १९९४ को नरसंहारपछि कगामेले देशमा स्थिरता र आर्थिक विकास ल्याएको बताउने गरेका उनका समर्थकहरुले नतिजा घोषणासँगै खुसियाली मनाइरहेका छन्।

खासगरी विदेशमा बस्ने कगामेका आलोचकहरुले उनले डर देखाएर शासन गर्दै आएको बताउने गरेका छन्।