समाचार

संयुक्त राष्ट्रसंघले गर्यो नेपाल सरकारसँग आग्रह

काठमाण्डौ । संयुक्त राष्ट्रसंघले नेपालको एक घटनामा नेपाली सेनाका उपसेनानी लगायत चार जवानले गरेको एक बलात्कार मुद्धाका पीडितलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई आग्रह गरेको छ । द्धन्द्धकालमा तत्कालीन शाही नेपाली सेनाबाट बलात्कृत दैलेखकी एक महिलाको उजुरीका आधारमा राष्ट्रसंघले नेपाल सरकारलाई उक्त आग्रह गरेको हो ।

उनले सन् २०१२ मा नेपालमा न्याय नपाएपछि राष्ट्रसंघ समक्ष न्याय मागेकी थिइन् । दैलेखको नारायण नगरपालिकाकी पूर्णमाया (नाम परिवर्तन) ले सो उजुरी दिएकी हुन् ।

उनको उजुरीमा सन् २००४ मा दैलेखको काँडौचारस्थित भवानीबक्स गणमा कार्यरत उपसेनानी जिवेश थापा नेतृत्वका ४ जना सैनिक बलात्कारपछि घिसार्दै सडकमा अलपत्र पारिएको घटना उल्लेख छ ।