स्वास्थ्य

चिकित्सा शिक्षा ऐनको माग गर्दै अनशनरत डा.केसीको समर्थनमा प्रदर्शन

काठमाडौँ । दुई हप्तादेखि आमरण अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा र्याली निकालिएको छ । विभिन्न संघसंस्था तथा सरोकारवालाको आयोजनामा निकालिएको र्याली माइतीघर मण्डलाबाट सुरु भएर प्रदर्शनी मार्गमा पुगेको थियो ।

प्राडा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि आमरण अनशन शुरु गरेका हुन् । शिक्षा मन्त्रालयले डा केसीलाई अनशन तोडी वार्तामा आउन पटकपटक आग्रह गर्दै आएको छ ।

शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा.केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ थियो । र्यालीमा पूर्वप्रधानन्यायाधीश, मानवअधिकारकर्मीलगायत चिकित्सकको सहभागिता रहेको थियो ।