राजनीति

गोर्खाल्याण्ड आन्दोलनमाथि पश्चिम बंगाल सरकार आक्रामक, धमाधम पक्राउ पर्न थाले नेता

काठमाण्डौ । विगत केही महिनादेखि जारी गोर्खाल्याण्ड आन्दोलनका नेता धमाधम पक्राउ पर्न थालेका छन् । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीको निर्देशमा उनीहरु पक्राउ पर्न थालेका हुन् ।

नेपाली भाषीहरुको हक र अधिकारसँग जोड्दै गोर्खाल्याण्ड राज्यको माग गर्दै भएको आन्दोलनमा पश्चिम बंगाल सरकार हिंस्रक बन्दै गएको हो ।

आन्दोलनकै क्रममा शुक्रबार भारतीय प्रहरीले पूर्व सभासद नवुर्जी लामालाई पक्राउ गरेको छ । उनी लगायत दर्जनौ नेताहरु पक्राउ परिरहेका छन् । त्यतिमात्र होइन भारतीय प्रहरीले गोर्खाल्याण्ड आन्दोलनका अधिकांश नेताहरुको घर खनतलासी समेत गरिरहेको जनाइएको छ ।

त्यस्तै, गोर्खाल्याण्ड आन्दोलनलाई निश्कर्षमा पुर्याउनका लागि विभिन्न स्थानमा नेपाली भाषीहरुको समुह आमरण अनसनमा समेत बसिरहेको जनाइएको छ ।