पु.समाचार

उर्जामन्त्री शाही र कुलमान घिसिङ एक्कासि कुलेखानी पुगेपछि….!

काठमाण्डौ । शनिबार उर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ एक्कासि कुलेखानी तेश्रो हाइड्रोपावरको स्थलगत निरिक्षणमा पुगे । उनीहरु त्यहाँ पुग्नासाथ कर्मचारीहरुलाई किन आयोजनाको काम यति सुस्त ढंगले अघि बढेको भन्ने प्रश्न गरे ?

त्यतिमात्र होइन उर्जामन्त्री शाहीले आयोजना ४ महिनाभित्र सक्नेगरी निर्देशन समेत दिए । उर्जामन्त्री त्यतिमा मात्र रोकिएनन् ।

उनले विभिन्न बहाना बनाएर पटक–पटक आयोजना निर्माणमा ढिलाई भए सरकारले कडा कार्वाही गर्न पछि नपर्ने समेत चेतावनी दिएका थिए ।
उर्जामन्त्रीले १५ दिनभित्र कार्ययोजना बनाएर आफुलाई पेश गर्न समेत निर्देशन दिएका थिए ।

उर्जामन्त्री र प्राधिकरणका प्रमुख नै आएर निर्देशन दिएपछि कुलेखानी आयोजनाका कर्मचारीहरुलाई १५ दिनभित्र रिपोर्ट बुझाउने चटारो परेको देखिन्छ ।