खेलकुद

नेइमार पिएसजी क्लबमा

एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । नेइमार २२ करोड २० लाख युरोमा स्पेनी क्लब बार्सिलोनाबाट पिएसजी गएका हुन् ।

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् । उनले आउँदो शनिबार पिएसजीबाट पहिलो खेल एमियन्सविरुद्ध खेल्ने भएका छन् ।
हिजो देखि नै उनी पिएसजीका आधिकारिक खेलाडी भएका छन् ।

विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउने छन् ।