पु.समाचार

यस्तो छ भरतपुर महानगरपालिकाको शनिबार बिहान सार्वजनिक मतपरिणाम

चितवन । शुक्रबार मध्यरातबाट सुरु भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका छन् ।

ज्ञवालीले भरतपुर महानगरको समग्र मतपरिणाममा ४१ हजार ५४३  मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी माओवादी–कांग्रेसका मेयरका उम्मेद्वार रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेकी छन् । मतगणनास्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको बताइएको छ ।