समाचार

चाडपर्वमा कालोबजारी र कृतिम अभाव रोक्ने ः आपूर्तिमन्त्री शिवकुमार मण्डल

काठमाण्डौ, २० साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले चाडवाडको समयमा हुने कालोबजारी र कृत्रिम अभावलाई रोक्ने बताएका छन् ।

रिपोर्टस् क्लबको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले कालोबजारी र कृत्रिम अभाव रोक्न विद्यमान कानुनी अड्चनलाई व्यवस्थित गर्न कानून संशोधनको प्रक्रिया थालेको बताएका छन् । मन्त्री मण्डलले चाडपर्वको समयमा खाद्यान्न आपूर्तिलाई सहज बनाइन र दुर्गम जिल्लामा समयमा खाद्यान्न पुर्याउने विषयमा खाद्य संस्थानसँग छलफल भइरहेको बताएका छन् ।

तत्काल कुनै पनि वस्तुको मूल्यवृद्वि नहुने तथा पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास भइरहेको पनि मन्त्री मण्डलले जानकारी दिएका छन् । चाडवाडको समयमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य नबढ्ने र कृतिम अभाव पनि नहुने भनदै ढुक्क हुन आग्रह गरेका छन् ।

यसैबीच, सरकारले सातवटै प्रदेशमा पे्रट्रोलियम पदार्थको भण्डारका लागि जग्गा खरीद गर्न लागेको र ती सबै प्रदेशमा कम्तीमा ९० दिनका लागि पुग्ने पे्रट्रोलियम पदार्थ भण्डार गर्ने योजना बनाइएको पनि मन्त्री मण्डलले जानकारी गराए ।