पु.समाचार

राजपा चुनावमा सहभागि हुने प्रधानमन्त्रीको विश्वास

जनकपुर, २० साउन । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।
जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनाव जाने वातावरण बनेको बताएका हुन् । नेपाली काँगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको भन्दै देउवाले राजपा चुनाबमा आउने विश्वास ब्यक्त गरेका हुन् । संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको उनले आररोपसमेत लगाएका छन् । निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले एशियाली विकास बैंकको आयोजना अन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे ।