समाचार

निर्धारित समयमै निर्वाचन क्षेत्र निर्धारण गर्न आयुक्त अयोधिप्रसाद यादवको सुझाव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् । लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताएका छन् । उनले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर क्षेत्र निर्धारण गर्न सुझाव पनि भनेका छन् ।

सबैलाई समेटेर सहमतिबाटै क्षेत्र निर्धारण गरिए निर्वाचन गराउनसमेत सहज हुने उनले विश्वास व्यक्त गरेका छन् । दलहरुलाई सानातिना विषयमा नअल्झिइ चुनावमा केन्द्रीत हुन पनि प्रमुख आयुक्त यादवको आग्रह गरेका छन् । उनले सरकार र दलहरुले गल्ती गरेमा निर्वाचन क्षेत्र निर्धारण आयोग असफल हुने र त्यसले संविधान कार्यान्वयनको कोर्षमै प्रभाव पार्ने चेतावनी दिएका छन् । सोही अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकैसाथ गर्ने अवस्था नरहेको बताएका छन् ।