आर्थिक

एनआइसीद्वारा सहज रुपमा अमेरिकी डलर आयात

काठमाण्डौ । सयौंको संख्यामा दैनिक रुपमा विदेशिने नेपालीहरुको उच्च अमेरिकी नगद डलरको मागका बाबजुद पनि, नगद अमेरिकी डलरको अति न्यून मात्र आपूर्ति भएको कारण उत्पन्न भएको अभावले गर्दा ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गका बैंकहरुलाई समेत विदेशवाट नगद डलर आयात गरी आफ्नो ग्राहकवर्गहरुलाई उपलब्ध गराउन सक्ने व्यवस्था गरे अनुरुप एन आई सी एशिया बैंक लिमिटेडले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी ग्राहकवर्गलाई सहज रुपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २,५००— अमेरिकी डलर सम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

बैंकले हालका लागि आफ्नो काठमाण्डौ भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु   तथा उपत्यका बाहिरका शाखा कार्यालयहरु बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई VISA International Debit Card मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।
बैंक आफ्ना ग्राहकवर्गको आवश्यकताहरु पहिचान गरी सोलाई सम्बोधन गर्न समयानुकुल उच्चतम सेवा तथा सुविधा प्रदान गर्नका लागि सदैव प्रयासरत रहँदै आएको छ । भविष्यमा समेत ग्राहकवर्गको आवश्यकता बमोजिम नयाँ नयाँ सेवा, सुविधाहरु थप गर्दै जाने बैंकको रणनीति रहेको बैंकले जनाएको छ ।