कृषि

फलफूल र तरकारीको मूल्य ह्वात्तै बढ्यो !

नेपालगञ्ज । नेपालगञ्जमा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको छ । बर्षायाममा तरकारी उत्पादन घटेपछि मूल्य बढेको हो ।
दुई गुणासम्म वृद्धि
केही तरकारीको मूल्य दुई गुणासम्म बढेको छ । त्यसैगरी फलफूलको भाउ पनि आकासिएको व्यवसायीहरुले बताउँछन् ।
उपभोक्ता भन्छन्:
एक सय रुपैयाँ पर्ने स्याउको खुद्रा मूल्य एक सय ६५ पुगेको छ । केराको भाउ पनि दर्जनको ४८ बाट ७७ रुपैयाँ पर्न थालेको छ । शुक्रबारको कान्तिपुरमा लेखिएको छ, एक किलो आँप एक सयमा पाइनेमा हिजोआज एक सय ६० रुपैयाँ पुगेको उपभोक्ताले बताए ।
तरकारीमा पनि मूल्यवृद्धि
त्यस्तै बजारमा ४० रुपैयाँ किलो पाइने गोलभेडा बढेर ८० रुपैयाँ, काउली ३० रुपैयाँ किलोबाट ६० रुपैयाँ पुगेको छ ।