समाचार

११ औ पटक, ११ औ अनशनमा डा. गोविन्द केसी, स्वास्थ्य अवस्था गम्भिर

काठमाण्डौ, १९ साउन । चिकित्सा शिक्षा सुधारको माग सहित अनसनरत प्राध्यापक डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ११ औं पटकको ११ औ दिनमा आज पनि डा. केसी अनशनरत छन् ।

११ औ पटक अनसन बसेका ६० बर्षीय केसीको स्वास्थ्य अवस्था यसअघिको अनसन भन्दा जटिल बनेको चिकित्सकको भनाइ छ । केसीमा छाती दुख्ने, रिगंटा लाग्ने तथा अन्य शारिरीक कमजोरी देखिएको उनको निगरानीमा रहेका चिकित्सकले बताएका छन् । अनसनको समय लम्बिदै गएपनि सरकारी पक्ष केसीका मागमा गम्भीर देखिएको छैन । ५ पटक वार्तामा बसेपनि ठोस सहमती हुन नसकेपछि केसी पक्षका वार्ता टोलीले सरकारी टोलीलाई थप गृहकार्यपछि मात्र वार्तामा आउन आग्रह गरेका छन् । उनीहरुले हिजोका लागी बोलाईएको बार्ता समेत बहिस्कार गरेका थिए ।

सरकारी पक्षसंग बार्ता समेत अनिश्चित भएपछि डा.केसीका समर्थक आवासिय चिकित्सकले थप आन्दोलनको तयारी गरेका छन् । हिजोदेखि त्रिबि शिक्षण अस्पातालमा पठन पाठन र बहिरंग सेवा ठप्प पारेका आवासिय चिकित्सकले अझ कडा संघर्षमा उत्रने चेतावनी दिएका छन । यसैबीच आगामी शनिबार माईतीघरमा बृहत बिरोध प्रर्दशनको तयारीसमेत गरिएको जनाइएको छ ।