राजनीति

पहिलो पार्टी बन्ने रणनीतिसहित एमालेको बैठक बस्दै

काठमाण्डौ, १९ साउन । नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दैछ । प्रदेश नम्बर २ मा आगामी असोज २ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।

सिंहदरबारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकले चुनावको मिति घोषणा भएका जिल्लामा जिल्ला समन्वय समितिमा पठाउनेको नाम टुंगो लगाउने जनाएको छ । पहिलो र दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा पनि पहिलो पार्टी बन्ने गरी रणनीति तयार गरिएको जनाएको छ ।