पु.समाचार

भारतीय राजदूतसमक्ष प्रधानमन्त्री देउवाको यसरी बेइज्जत गरे ओलीले ! अब के जवाफ देलान देउवाले ?

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र उनको दलसँग पछिल्ला वर्ष भारतसँगको सम्बन्ध निकै चिढिएको देखिदै आएको छ । अघिल्लो वर्ष प्रधानमन्त्री भएलगत्तै भारतले राखेको एउटा आग्रह प्रधानमन्त्री ओलीले नटेर्दा मुलुकले ६ महिना नाकाबन्दी खेप्यो ।

भारतले त्यसबेला तत्काल संविधानसभाबाट संविधान जारी नगर्न गरेको आग्रह तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले समेत बेवास्ता गर्दा भारत चिढिएको थियो ।

त्यसपछि लगत्तै आएको केपी ओली नेतृत्वको सरकारले भारतका ती सबै आग्रहलाई लत्याइदियो,जसका कारण त्यसबेला नेपाल र भारतबीच निकै ठुला उत्तारचढावपूर्ण परिदृष्यहरु देखिए । त्यसयता एमाले र भारतबीचको सम्बन्ध त्यति धेरै राम्रो देखिदैन । तर बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर निकै लामो आन्तारिक वार्ता गरेका छन् ।

करिब २ घण्टा लामो उक्त कुराकानीमा के कस्ता प्रसंगहरु उठे ? त्यो विषयमा त्यति धेरै कुरा बाहिर नआएपनि एउटा संकेत के देखिएको छ भने भारतले अब एमालेलाई फकाउने रणनीति अख्तियार गरेको छ ।

भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौस्थित भारतीय दूतावासले आयोजना गर्न लागेको कार्यक्रममा विशेष अतिथिको निम्तो दिन भन्दै ओली निवास पुगेका राजदूतले त्यति धेरै समय अध्यक्ष ओलीसँग के–के कुराकानी गरे त ? त्यसबारेमा केही प्रसंग बाहिर आएका छन् ।

वास्तवमा राजदूत पुरीले ओलीलाई दूतावासले गर्ने कार्यक्रममा विशेष अतिथि भैदिन निकै जोड बल गरेका थिए । उनले ओलीलाई विशेष अतिथि बनाउने प्रस्ताव भारत सरकारले नै राखेको भन्दै यो आग्रलाई बेवास्ता नगरिदिन आग्रह गरेको बताइएको छ । राजदूत पूरीले आफ्नो देशकी विदेशमन्त्री समेत सो कार्यक्रममा सहभागी हुने भएकोले उनकै प्रस्तावमा ओलीलाई विशेष अतिथि बनाउने प्रस्ताव गरिएको र सो प्रस्ताव लिएर आफु बालकोट आएको बताउनुभएको श्रोतले जनाएको छ ।

त्यतिमात्र होइन भेटवार्तामा नेपालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाएको सफलताबारे समेत छलफल भएको बताइएको छ । राजदूत पुरीले चुनावमा सफल भएकोमा ओलीलाई बधाई समेत दिएका थिए । भेटका क्रममा ओलीले भने नेपाल–भारत सम्बन्धका बारेमा कुराकानी राखेका थिए । उनले केही समुह पछिल्लो समय दुई देशबीचको सम्बन्ध बिगार्न लागिपरेको र त्यसमा आफुहरु सतर्क रहेको स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री देउवाको पोल राजदूत पुरीलाई !
नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो देशका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको बारेमा तिखो टिप्पणी गरेका थिए । उनले भारतीय राजदूतलाई कुनै कुटनीतिक मर्यादा नराखी प्रधानमन्त्री देउवाको बारेमा पोल लगाएको बताइएको छ ।

उनले प्रधानमन्त्री देउवा यसअघि पनि सरकारको नेतृत्वमा गएर पटक–पटक फेल भएका र अहिले पनि असफल भैसकेको भन्दै राजदूत पुरीसँग उनको कटाक्ष गरेका थिए । अध्यक्ष ओलीले कांग्रेस र त्यसको नेतृत्वको समेत कडा आलोचना गरेका थिए ।

उनले प्रधानमन्त्री देउवाबारे अन्य थुप्रै कुराको समेत आलोचना गर्नुभएको श्रोतको दाबी छ । यसरी ओलीले प्रधानममन्त्री देउवाको कुरा काटिरहँदा राजदूत पुरीले एकोहोरो सुनिरहनुभएको तर कुनै प्रतिक्रिया नदिएको श्रोतको दाबी छ ।

मुलुककै प्रभावशाली दल एमालेका अध्यक्ष समेत रहेका ओलीले यसरी प्रधानमन्त्रीका बारेमा आफुले दुश्मन मानिरहेको देशका राजदूतसँग कुरा काट्दा के फेरि एमाले र भारतबीच नयाँ समझ्दारीका साथ सम्बन्धमा सुधार आउन थालेको हो त ? भन्ने प्रश्नहरु समेत उब्जिएका छन् । यता, प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा एमालेसँग सम्बन्ध सुधार गर्ने संकेत दिएर भारतले कस्तो रणनीति अख्तियार गर्न खोजेको हो ? त्यो भने अहिलेनै बुझ्न नसकिने जानकारहरु बताउँछन् ।

केपी ओलीले गरेको केही दिनअघिको तिब्बत भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी र ओली–पुरीबीचको लामो आन्तारिक भेटवार्ताले अबको मुलुकको राजनीतिक परिदृष्य र छिमेक नीति नयाँ ढंगले अघि बढ्ने संकेत देखापर्न थालेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।