उर्जा

सोलार प्रोजेक्टबाट बाहिरियो विश्व बैंक

काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणले नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्टमा विश्व बैंकले लगानी नगर्ने भएको छ ।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिले चालू ठेक्का रद्द गरेर पुनः टेन्डर गर्न निर्देशन दिएपछि विश्व बैंकले परियोजनाबाट हात झिक्ने भएको हो ।

बिहीबारको नयाँ पत्रिकामा लेखिएको छ,  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, बैंकका प्रतिनिधिले बुधबार नै यस्तो जानकारी दिइसकेका छन् ।

परियोजनामा अत्यधिक राजनीतिक दबाब भएको तथा टेन्डर सम्पन्न भएर काम सुरु भइसकेपछि संसदीय समितिले निर्माण प्रक्रिया रोक्न निर्देशन दिएको भन्दै विश्व बैंकले लगानी नगर्ने जानकारी गराएको हो । यसअघि यो योजना रोक्न अदालतले पनि अन्तरिम आदेश दिइसकेको छ ।