राजनीति

भरतपुरका मेयर उमेद्वार ज्ञवालीको छोरा माथि मुद्दा दायर, बिपरित पार्टीकी उमेद्वार रेणु दाहालको हात

काठमाडौं, १८ साउन । चितवनको भरतपुर महानगरपालिकाबाट मेयरको उम्मेदवारमा उठ्न लागेका देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई बुधबार काठमाडौँ स्थित पुतलीसडकबाट प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो र विवादित मतपत्र साउन १७, मंगलबार जलाएर यही २० गते पुन निर्वाचन हुने भएको छ । बैठक भएको भोली पल्टै, यानी आज बुधबार एमाले उमेद्वारका छोरा निरभ ज्ञवालीलाई रेणु दाहालको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए ।
निरभले सामाजिक सञ्जाल फेसबुक मार्फत भरतपुर महानगरपालिका कांग्रेस माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार रेणु दाहाललाई गाली गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।  निरभ माथि साइबर अपराधको मुद्दा चलाइने तयारी भइरहेको छ र उनलाई अहिले भने महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले भने ।
यो खबर एउटा संकाको पात्र बन्न पनि पुगेको छ ।
२ दिन पछि हुन लागेको चुनावको मुखैमा आएर एउटा पार्टिको उमेद्वारले अर्को बिपरीत पार्टिको उमेद्वारको छोरा माथि मुद्दा दायर गर्नु साधारण कुरा नभएको अनुमान छ ।