पु.समाचार

एनसेललाई कर तिराउनु पर्छ भन्ने पहिलो ब्यक्ती म नै हुं

काठमाण्डौ । ६ पटक अर्थमन्त्री भएर विश्वका प्रभाबशाली अर्थमन्त्रीको रुपमा पुरस्कार समेत पाईसकेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले मंगलबारको कान्तिपूर टेलिभिजनको फाईरसाईड कार्यक्रममा अन्तरवार्ता दिदै एनसेलले लाभ कर बुझाउनुपर्दैन यो ट्याक्स हेभेनमा दर्ता भएको कम्पनी हो भन्दा मैले नै एनसेलले पुंजीगत लाभकर तिनुपर्छ भनेर भनेको बताएका छन् ।

कर पछ्यौट आयोगका सदस्यसचिब चुडामणी शर्मा अख्तियारको फन्दामा छन् तर उही आयोगका अध्यक्ष र सदस्य भने फरार छन् भन्ने प्रश्नमा उनले आफूलाई उनीहरु किन भागे, कता भागे भन्ने जानकारी नभएको र त्यो सम्बन्धीत निकायले खोजेर गैरकानुनी काम गरेको भएको कारबाही हुनुपर्ने बताएका छन् ।

बिबादित कर फर्छ्यौट आयोग र चुडामणी शर्मा प्रकरणका बीचमा भएको महत्वपूर्ण कुराकानीमा आफूले मुलुकको अर्थतन्त्र उकास्न महत्वपूर्ण काम गरेको बताउदै राजनीतिक अस्थिरताका कारण शुसासनको अभाब खड्कीएको दाबी गरेका छन् । यती हुंदा हुंदै पनि पासपोर्ट लिन समेत बषौं लाग्ने मुलुकमा एक दिनमा पासपोर्ट पाईने प्रणलीको बिकास गर्ने कार्य आफूहरुले गरेको बताउदै विदेशीले पनि नेपालीको अर्थतन्त्रको बारेमा कतिपय समयमा प्रशंसा गर्ने गरेको दाबी गरेका छन् ।

नेपालको अर्थतन्त्र चित्तबुझ्दो नभएपनि बिगतको तुलनामा धेरै सुधार भएकोमा खसुसी हुनुपर्ने ठाँउ पनि रहेको छ । उनले बैदेशीक रोजगारमा गएका सबै नेपालीहरु गरिबीके रेखामुनीका र रोजगार नपाएका भन्ने गलत भएको बताउदै कतिपय नेपालमा भन्दा बढी अवशर खोज्ने क्रममा पनि बिदेशीए अवस्था भएको भनेका छन् । नेपालीहरु रोजगारीका लागी बिदेश गएका कारण उद्योगी ब्यावशायीहरुले लेबर नपाएको बताउने गरेको खुलस्त गर्दै कतिपय रहरले पनि बिदेशीएको जनाए । उनले नेपालमा श्रमको सम्मान नभएका कारणपनि समस्या भएको थपे ।