अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पका सञ्चार प्रमुख बर्खास्त !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्ति दिएको दश दिन नपुग्दै आफ्ना सञ्चार निर्देशक एन्थोनी स्कारामुचीलाई बरखास्त गरेपछि ह्वाइट हाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ।

ह्वाइट हाउसका अधिकारीहरुले स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राखेका धारणाहरु राष्ट्रपति ट्रम्पलाई अनुपयुक्त लागेको जनाएका छन्।

एक जना धनी वित्तीय लगानीकर्ता रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषामा आक्रोश पोखेका थिए।

ह्वाइट हाउसकी प्रेस सचिव सेराह हकाबी स्यानडर्सले अब राष्ट्रपति कार्यलयका सबै कर्मचारीले नयाँ चिफ अफ स्टाफ जन केलीलाई सिधैँ प्रतिवेदन बुझाउनुपर्ने बताइन्।