प्रवास

विदेशमा मृत्यु हुनेका आफन्तले पाउने रकम बढ्यो

काठमाण्डौ । श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने भएका छन् ।

तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्याइएको हो । मंगलबारको नागरिकमा लेखिएको छ, मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत रकम बढेको छ ।