राजनीति

पञ्चायतकालमा दिएको यातनाभन्दा बढी भन्ने समाचारमा चीनकाजी श्रेष्ठ यसो भन्छन्

काठमाण्डौ । नेपाली काँग्रेसका नेता एबम् साँसद चीनकाजी श्रेष्ठले आफूलाई छापा तथा अनलाईन मिडीयाहरुद्वारा हुदै नभएको समाचार बनाएकोमा दुःख लागेको बताएका छन् ।

उक्त समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउदै उनले एक विज्ञप्ती प्रकाशीत गर्दै भनेका छन् ।

मन्त्रीपरिषद् विस्तारलाई लिएर पछिल्लो समय छापा तथा अनलाइन मिडियाहरुमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

उनी थप्छन्, मन्त्री छान्दा भद्रगोल शैली, पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको जस्ता शीर्षकहरुमा प्रकाशित समाचारहरुमा मेरो नाम जोडेर अनर्गल प्रचारप्रसार भइरहेकोमा मेरो आपत्ति छ । र, यो खबरहरुको म खण्डन गर्न चाहन्छु ।

म पार्टीको मुख्य सचेतक जस्तो जिम्मेवार पदमा रहेर पार्टीको नीति र निर्देशन अनुसार काम गर्दै आएको छु र आगामी दिनमा पनि गर्नेछु । पार्टी सभापति श्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पछिल्लो पटक मन्त्रीपरिषद विस्तारको क्रममा मेरो बारेमा पनि छलफल भएको सुनेको हुँ । तर, पार्टीले राम्रा र योग्य साथीहरुलाई सरकारमा पठाएको छ, यसमा मेरो कुनै गुनासो छैन । म पार्टीको नीति र निर्देशनलाई सँधै सिरोधार्य गर्दछु ।

उनको विचारमा, मन्त्रीपरिषद विस्तारमा को प¥यो वा को परेन भन्ने मूख्य विषय होइन । पार्टी नेतृत्वले मधेसी, महिला, दलित, पीछडिएको क्षेत्रका माननीय सांसदहरुलाई समावेश गर्ने सक्दो प्रयास भएको मैले ठानेको छु । समावेशी सिद्धान्तका आधारमा नयाँ अनुहारका साथीहरु सरकारमा समावेश गरिनु भएकोछ । यो अत्यन्त उदाहरणीय र सराहनीय छ ।

त्यसैले, मेरो नाम जोडेर पार्टी सभापति एवं प्रधानमन्त्री र पार्टीका नेताहरुलाई बदनाम गर्ने प्रयास भएकोमा म खेद् प्रकट गर्दछु । साथै, मेरो नाम जोडेर भएका गलत प्रचार प्रसारको पछि नलाग्न समेत नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तक साथीहरु र सबैलाई अपील गर्दछ, उनले भनेका छन् ।