आर्थिक

माछापुच्छ्रे बैंकको सरसफाई कार्यक्रम नयाँ बानेश्वरमा

काठमाण्डौ । माछापुच्छ्रे बैंक तथा तेसो्र आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ । माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर समापन भएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई सहयोग गर्दै उक्त स्थानमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको हो ।

यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १ अर्व ५१ लाखखुद मुनाफा गरेको छ ।
यस बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको द्यबलपष्लन क्यातधबचभ, न्यिदगकबिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।