आर्थिक

आयल निगमको अर्को गोप्य रहस्यको खुलासा !

काठमाण्डौ । पछिल्ला वर्ष निरन्तर विवादमा पर्दै आएको देखिएको नेपाल आयल निगम फेरि एकपटक विवादमा परेको खुलासा भएको छ । निगमले केही वर्ष अघिदेखि सुरु गर्दै आएको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने जग्गा खरिदसँग सो प्रसंग जोडिएर आएको हो ।

निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहलनै नगरी निजी जग्गा किनको पाइएको छ ।

सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, संसदको उद्योग वाणिज्य तथा उपभोक्तासहित सम्बन्ध समिति विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्ग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएको थियो तर उसले उक्त निर्देशन विपरित निजी जग्गा खरिद गरेको पाइएको छ ।