राजनीति

सर्बोच्चको फैसलापछि रेणु दाहाल भरतपुरको मेयर बन्ने निश्चित, एमाले यसरी आत्तियो

काठमाण्डौ । भरतपूर माहानगरपालिका वडा नम्बर १९ को मतगणना नगरी पुनः निर्बाचन गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायधीशद्वय ओम प्रकास मिश्र र पुरुसोत्तम भण्डारीको संयुक्त इजलासले गुञ्जमान बिक र तुलसी पाण्डेले पुनः मतगणना गरिउाउ भनेर दिएको निबेदनका बिरुद्धमा फैसला गरेको हो ।

वाईसियल चितवनका अध्यक्ष मधु न्यौपाने र प्रतिनिधि द्रोण सिवाकोटीले ९० वटा मतपत्र च्यातेको भन्दै सर्बोच्च अदालतमा निबेदन परेको थियो । पहिलो चरणमा भएको प्रदेश नम्बर ३ को भरतपुर माहानगरपाकिाको निर्बाचनको बिबादको टुंगो पटक पटक सर्दासर्दै सर्बोच्च अदालतले टुंग्याएको छ ।

सर्बोच्च अदालतले मतपत्र च्यात्ने सम्भाबनालाई हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्बाचन आयोगलाई आग्रह गर्दै आयोगको निर्णयको पक्षमा फैसला गरेको छ ।

माओबादीका तर्फबाट माओबादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाल उमेर्द्वार थिईन् भने एमालेका तर्फबाट देबि ज्ञवाली मेयरका उमेर्द्वार थिए । काँग्रेसले भने उपमेयरमा आफ्नो उमेर्द्वार उठाएर माओबादी उमेर्द्वारसंग तालमेल गरेको थियो । वडा नम्बर १९ को मतदान पुनः गराउने सर्बोच्च अदालतको निर्णको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ ।

एमाले सचिब योगेश भट्टराईले उक्त फैसला दुर्भाग्यपूर्ण भएको र जनताको सर्बोच्चता र जनमतलाई अपमान गरेको प्रतिकृया दिएका छन् । भट्टराईले राजनीतिलाई अपराधिकरण र अपराधको राजनीतिकरणलाई प्रशय दिएको प्रतिकृया दिए ।

उक्त सर्बोच्च अदालतको फैसलापछि मेयरमा रेणु दाहालको विजय सुनिश्चित हुने भएर नेकपा एमाले आत्तिएको नमाओबादीका एक उक्त नेताले सुर्यखबरलाई बताए । माओबादीसंग तालमेल गरेको काँग्रेसले उपमेयरमा उमेर्द्वारी दिएकोले आफ्नो समर्थनकी उमेर्द्वार दाहालको बिजयमा खुसी नहुनुपर्ने कारण नभएको काँग्रेसीहरुको प्रष्ट बिचार सुनिन्छ ।