समाचार

पोखरामा जीप दुर्घटना, एक जनाको मृत्यु, आठजना घाइते

काठमाण्डौ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२६ सेती बगरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएको जनाइएको छ ।

जिल्लाकै पर्यटकीय स्थल पामेबाट पोखरा फर्किरहेको ग १ य नम्बरको जीप गतराती भएको दुर्घटना भएको जनाइएको छ ।

मृत्यु हुनेमा भोजपुर स्थायी घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा करिब १० जना घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।