खेलकुद

नेपाली क्रिकेट खेलाडीहरुले पाउने भए मासिक तलब, कसले कति पाउँछन् ? (तालिकासहित)

काठमाण्डौ । नेपाली क्रिकेट टोलीले अब आफ्नो पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट संघसँग आबद्ध भएका सबै खेलाडीहरुले अब आफ्नो पारिश्रमिक पाउने निश्चित भएको हो । अहिले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पछिल्लो १६ महिनाको तलब निकासा गरेको जनाइएको छ ।

यसअघि क्यान प्रतिबन्धमा परेपछि खेलाडीहरुले तलब पाउन सकेका थिएनन् । अहिले २७ जना खेलाडीहरुले तलब पाएको जनाइएको छ । खेलाडीहरुले ए,बी,सी र डी श्रेणीको आधारमा तलब पाउने जनाइएको छ ।

उक्त श्रेणी अनुसार:

ए श्रेणीकाले मासिक ३५ हजार,

बी श्रेणीकाले २५ हजार,

सी श्रेणीकाले १५ हजार

र डी श्रेणीका खेलाडीहरुले ५ हजार तलब पाउने जनाइएको छ ।