कृषि

कृषिमा परम्परागत सिंचाई व्यवस्थालाई विस्थापित गर्दैछौ: कृषि मन्त्री

काठमाडौँ । सिँचाइमन्त्री सञ्जय गौतमले भइरहेका परम्परागत सिँचाइ व्यवस्थालाई सुदृढ गरी नयाँ प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न सकिने विचार व्यक्त गरेका छन् । रिपोर्टस क्लबले आयोजना गरकोे कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सिँचाइसम्बन्धी योजना धेरै वर्ष पुरानो भएकाले नयाँ गुरुयोजना ल्याइने जानकारी दिदै उनले त्यसको तयारीमा सरकार जुटेको बताए ।

मुलुकमा संविधान कार्यान्वयन गर्नका लागि प्रदेश र केन्द्रीय निर्वाचन एकै चरणमा गराउन गृहकार्य भइरहेको बताए । निर्धारित समयसीमाभित्र निर्वाचन गराउन कम समय रहेकाले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी तयारी गरेको बताउँदै उनले सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम रहेको बताए ।