आर्थिक

सामसुङको दशैं आफ्नासँग मनाउने सूवर्ण मौका

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै उत्सवको उमंगविदेशमा भेटौं आफ्नासँगभन्ने योजनाप्रस्तुत गरेको छ । विभिन्नकारणले गर्दा बिदेशमा रहेकाव्यक्तिदशैंजस्तो महान् पर्वमा स्वदेशआई आफ्नो परिवारसँग दशैं मनाउन पाउनुहुन्न भन्ने विचार गरीलामो समयसम्म आफन्त सँग दशैं मनाउनन पाउनुभएका आफन्त स्वयं नै बिदेशमागई आफ्नासँग दशैं मनाउन पाऊन् भनीयो योजना प्रस्तुत गरिएको हो । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गते सम्ममात्र लागू गरिएको छ ।

प्रस्तुत योजनामा सहभागीहुन, योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ । आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने छ र त्यो फारममा आवश्यक विवरण भरी “बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ”भन्ने आफ्नोमनको भावना पोखी आफ्नो कथा लेख्नुपर्दछ कथा लेख्दा दिइएको स्थानमान अटाएमा अतिरिक्त १ पाना पनि थप्न सकिने छ । यसरी आवश्यक विवरण र कथा लेखिसकेपछि योजना अवधिभित्र सोही स्थानमा राखिएको ड्रपबक्समा खसाल्नु पर्दछ ।

प्राप्त भएका कथाहरु मध्येबाट छनौट गरीउत्कृष्ट ५ कथाले पाउनेछन् ४ दिन ३ रातको ः मलेसिया, कतार, साउदी अरेबिया, युएइवा दक्षिण कोरियामा गई आफ्नासँगसँगै दशैं मनाउने अवसर । विजयीले आफूसँगै बिदेश यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउनुहुनेछ ।

योजना समाप्तभएको ७ दिन पछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित गरिने छ । सहभागीहरुको कथालाई छनौट गर्ने जिम्मा विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तित्वहरुलाई दिइने छ रउक्त जुरीले छनौट गरेका कथाहरुनै अन्तिम हुने छन् ।