आर्थिक

एनआईसी सबै आएसओ सर्टिफिकेट पाउने एउटामात्र बैंक -अध्यक्ष अग्रवाल

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक भव्य कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदिश प्रसाद अग्रवालले अहिले सम्म बैंकले गरेका प्रगती र आगामी योजनाका बिषयमा बोलेका थिए ।

अध्यक्ष अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब रु. ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ्ग क्षेत्रमा प्रवेश गरेको, बैंकले गरेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा वढि सेयरको लागी आवेदन प्राप्त गरेको, गुणस्तरीय सेवा प्रदान गरे बापत बैंकले ISO 9001:2008 certified भई सो Recognition पाउने एक मात्र वाणिज्य बैंक भएको, अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड बैंकले प्राप्त गरको लगायतका बैंकका ऐतिहासिक पृष्ठभुमी एवं उपलब्धीहरुका बारेमा जानकारी दिए । साथै, बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा वढि रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको र बैंकका डिजिटल बैकिगं सेवा लिने सेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको समेत उनले जानकारी गराए ।
बैंकका Brand Ambassador मनिषा कोइरालाले बैंकको ग्राहक मैत्रि सेवा र “बैंक पनि साथी पनि” को भावनाका साथ बैंक आगामी दिनमा सम्पुर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक हुने कुरामा पुर्ण रुपमा बिश्वास प्रकट गरिन् ।

प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल ज्यूले धन्यवाद ज्ञापन गर्दै बैंकले ३ बर्ष अगाडिनै आफ्ना दिर्घकालीन रणनीति तर्जुमा गरेको जानकारी दिए । साथै, उनले सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र ए टि एम संख्या १००० पु¥याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको र सोही अनुसार योजना तथा रणनीति तय गरि बैंक अगाडि बढि रहेको समेत जानकारी दिए ।

वरिष्ठ गायिका इन्दिरा जोशीले बैंकको Anniversary Jingle प्रत्यक्ष प्रस्तुती गर्दै एनआइसी बैकसँग आबद्ध हुनपाएकोमा आफु गौरवान्तित भएको जानकारी दिए ।