राजनीति

साझा र विवेकशीलको मिलन यसरी हुंदैछ राजनीतिक रुपमा अर्थपूर्ण

काठमाण्डौ । काठमाण्डौ र ललितपुर माहानगरपालिकाको मेयर उपमेयरमा राम्रो मत पाएर चर्चा कमाएका साझा पार्टीक रविन्द्र मिश्र र विवेकशील पार्टीका उज्वल थापा बीच दुई पार्टी एकीकरण हुने सहमति भएको छ ।
बुधबार दिउसो बानेश्वरस्थीत ईन्द्रेणी कम्प्लेक्सबाट एकीकरण हुने भनिएको उक्त दुई पार्टी स्थानीय तहको निर्बाचन अगाडी पनि एकीकरण प्रयास भएको थियो । एकीकरण मात्र नभएर तालमेल प्रयास समेत भएको थियो । त्यसबेला दुबै पार्टीका नेताहरुमा नेतृत्व कसले गर्ने घमण्डका कारण एकीकरण हुन नसकेको राजनीतिक वृतमा चर्चा चलिरेको थियो, भने पछिल्लो समयमा दुवै पार्टीका नेताहरुको घैंटोमा घाम लागेको बिश्लेषण गरिन्छ ।

दोस्रो चरणको निर्बाचनमा पूर्वका केहि तहबाट उमेर्द्वारी घोषणा गरेका दुवै पार्टीले आफ्नो स्थान देखाउन नसकेपछि आश्विन २ गते हुन गइरहेको स्थानीय तहको निर्बाचनलाई टार्गेट गर्दै उनीहरु मिल्न लागेको देखिन्छ ।

काठमाण्डौ माहानगरपालिकामा विवेकशीलकी रन्जु दर्शनाले २३ हजारभन्दा बढी मत ल्याएर तेस्रो स्थान कायम गर्न सफल भएकी थिईन । तेस्रो चरणको स्थानीय तचहको निर्बाचनपछि माघ ७ गतेभित्र गनुपर्ने प्रदेश र केन्द्रको निर्बाचनमा समेत यी दुई पार्टीको मिलनपछि राम्रो नतिजा हाँशिल गर्न सकिने दावी मिश्र र थापाको छ ।

पार्टीहरु धेरै समययपछि फुट्ने र जुट्ने क्रम चलिरहदा दुई चरणको निर्बाचनको अनुभब संगालेका विवेकशील र साझाको मिलन राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेर्ने गरिएको छ ।