समाचार

विद्यासुन्दरजी हेर्नुस त पुतली सडकमा ढल फुटेर दुर्गन्धीत भएको भिडियो ?

काठमाण्डौ । नेकपा एमालेका तर्फबाट काठमाण्डौ माहानगरपालिकाको मेयरमा विजयी भएको दुईमहिना भईसकेको छ । काठमाण्डौको हरेक सडकमा हिलो, धुलो झन बढीरहेको देखिन्छ ।
हिलो धुलो त कुरै छाडौं काठमाण्डौका मुख्य सडकमा ढलको पानीले गन्हाएर हप्ता दिन बित्दा पनि माहानगरपालिकाले कुनै पहल गरेको छैन । काठमाण्डौको जाम उस्ताको उस्ते छ, झन दिनका दिन नयाँ नयाँ गाडी खरीद गर्नेहरुको भीड लागीरहेको छ ।
काठमाण्डौमा ३२ वटा वडाहरुलाई मोवाईदल बाँडेर बिबादमा आएका शाक्यले मेयर भएपछि कुनैपनि नयाँ काम गरेर अहिलेसम्म देखाउन सकेका छैनन् । उनले जनतालाई मोटरसाईकल, गाडी लगायतका पार्किगंमा मोटो रकम असुल्ने, कर बृद्धी गर्ने लगायतका विबादास्पद काम गरेर जनताको आलोजना भोग्नु परिरहेको छ ।

बिवादास्पद काम गरेर चर्चामा आईरहेका बेला, सुर्यखबर डट् कम् को टिम पुतली सडकबाट हात्तिशार जानेबाटोतिर जाँदा स्टार मलको अगाडी ढल फुटेर पानी बगेको भेट्यो, उक्त पानी बगेर पुतली सडक चौकनै पुरै गन्हाएकोमात्र थिएन उक्त पानी शंकरदेब क्याम्पसको चोकबाट अझै अगाडीसम्म बगिरहेको थियो । एकहप्तादेखि ढल बग्न थालेको तर सम्बन्धीत निकायले वास्ता नगरेकोमा महंगो भाडा तिरेर पुतली सडक आसपासमा ब्यावशाय गरेर बसेका ब्यावशायीहरु बताउछन् ।
पुतली सडक राष्ट्रपति, प्रधानमन्त्री लगथायतको बिशिष्ट ब्यक्तीहरु घण्टैपीच्छे आहोरदोहर गर्ने काठमाण्डौको ब्यस्त सडकको हालत यस्तो छ भने गल्ली नै गल्ली भएको काठमाण्डौको हालत के होला ? त्यो काठमाण्डौ माहानगरबाट मेयरमा विजयी हुनुभएका आदरणीय ब्यक्तत्वले बुझ्नुपर्ने होईन र ? स्थानीय तहलाई अधिकार नदिएर केन्द्रीकृत राज्यभएर विकास नभएको भन्ने केन्द्रीकृत राज्यका विरोधीहरुले ख्वै त पुतली सडको सडक देखेको ?

पुतली सडक त एउटा उदाहरणमात्र हो, जडिबुटीबाट बानेश्वर आफ्नो गाडी लिएर आउन एक घण्टा लाग्छ यो बिषयमा केन्द्रीत भएर निर्बाचित जनप्रतिनिधिहरुले योजना बनाउने हो कि ? स्मार्ट सटिको कुरा गर्ने अनि मुख्य सडकमा ढल बगेको समस्या हल गर्न नसक्ने जनप्रतिनिधिलाई जनताले मान्लान र ? सिंह दरबारले त दिईसक्यो अधिकार सबै तहलाई होईन ?

काठमाण्डौमा ११ अर्बको बजेट छ, ख्वै त सदुपयोग ? जनताले प्रश्न सोध्न थाले है ? होसियार हुनुस, पछिल्लो समय ०५४ सालमा जितेको मेयरको जस्तो समय छैन नि ? समाजिक सञ्जालले नै तपाईको जागीर खाईदिन्छ, भनेको गर्न सकेन भने, हो कि होईन ?
पानी परेको बेला काठमाण्डौका सडकमा ढल फुटेर दुर्गन्ध हुने नौलो कुरा नभएपनि जनप्रतिनिधि आएपछि विकास हुन्छ भन्ने आसमा बसेका काठमाण्डौका जनता निरास हुन थालेका छन् ।

सडक, खानेपानी र विद्युतको अधिकार स्थान्ीय तहलाई नभएकले उक्त कार्य गर्न नसकेको बिद्यासुन्दर शाक्यको सचिवालयले बताएको छ । मेयर शाक्यको मोवाईमा सम्पर्क गर्दा स्वीच अफ थियो ।