अन्तर्राष्ट्रिय

इजरायलले गर्यो महत्वपूर्ण निर्णय

एजेन्सी । इजरेलको सुरक्षा क्याबिनेटले जेरुसलेममा रहेको एउटा पवित्र तीर्थस्थलमा जडान गरिएका धातु पहिचान गर्ने मेटल डिटेक्टरु भनिने मेसिनहरु त्यहाँबाट हटाउने निर्णय गरेको छ। उक्त पवित्र तीर्थस्थललाई मुसलमानहरुले हरम अल सरिफ र यहुदीहरुले टेम्पल माउन्ट भन्ने गर्छन्।

अधिकारीहरुले बाधा नपुग्ने किसिमले त्यहाँ अर्को निगरानी प्रणाली स्थापना गरिने बताएका छन्। दुई जना प्रहरी उक्त तीर्थस्थल नजिकै मारिएपछि उक्त सुरक्षा प्रणाली अवलम्बन गरिएको थियो।